फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

तर, नेपालले पहिलो खेल २-० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो । २ खेलको सिरिज नेपालले १-० ले गुमाएको थियो । नेपाललाई हराएको बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ ।

चार स्थान सुधार गरेको भारत१०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ । भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन भने मेक्सिको र इटली शीर्ष दशमा प्रवेश गरेका छन् ।

यस्तै क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमश: नवौं र दशौँ स्थानमा छ ।

क्रोएसिया दुई स्थान तल झर्दै ११औं स्थानमा पुगेको छ भने पाँच स्थान तल झर्दै कोलम्बिया १५औं मा पुगेको छ । एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ५९ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती