यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण « Khabarhub

यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी सेनाको नेतृत्वमा यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका छन् ।

आक्रमणले हुथी समूहमा के कति क्षति भएको भन्नेबारे थप जानकारी भने दिइएको छैन । गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

गठबन्धनले सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन भनेर पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन् ।

सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ । यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन्

राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो ।

साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भए पनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : ०९ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका