चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी « Khabarhub

चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।

साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट चोरी भएको हो ।

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए ।

उनी भन्छन्, “अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ ।” उहाँका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ ।

मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ ।

ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण (ज्योतिलिङ्गेश्वर) महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ४५ बजे

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं– चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन