‘कोरोना भाइरस’को संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा ‘उच्च सतर्कता’ « Khabarhub

‘कोरोना भाइरस’को संक्रमण रोक्न त्रिभुवन विमानस्थलमा ‘उच्च सतर्कता’


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण रोक्न तथा देशमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

‘थर्मल स्क्यान’ यन्त्र जडान गरेर विदेशबाट काठमाडौं आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने क्रममा ज्वरो आए-नआएको हेर्ने गरिएको छ।

विमानस्थललाई ‘उच्च सतर्कता’मा राख्दै कर्मचारीहरूलाई मास्क वितरण गरिएको र ‘कोरोना भाइरस’को जोखिमबाट बच्ने उपाय सिकाइएको छ ।

चीनमा ८० भन्दा बढीको ज्यान लिइसकेको ‘कोरोना भाइरस’बाट अहिलेसम्म ३ हजार भन्दा बढी सङ्क्रमित भएको पुष्टि भइसकेको छ।

नेपालमा पनि ‘कोरोना भाइरस’को सङ्क्रमण भएका व्यक्ति फेला परेको पुष्टि भएसँगै विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको हो ।

त्रिभुवन विमानस्थलमा २०७० सालदेखि यात्रुको स्वास्थ्यको जाँच गर्न र उनीहरूले सरुवा रोग भित्र्याए-नभित्र्याएको निगरानी गर्न एउटा विशेष हेल्थ डेस्क राखिएको छ।

विमानस्थलको यात्रु प्रवेश कक्षमा केही वर्षअघि अफ्रिकाबाट इबोला भाइरस भित्रिन सक्ने जोखिम कम गर्न स्थापना गरिएको स्वास्थ्य डेस्कमार्फत् नै ‘कोरोना भाइरस’ सङ्क्रमण फैलिने जोखिम घटाउने प्रयास तीव्र बनाइएको छ।

डेस्कका अतिरिक्त विमानस्थलको यात्रु आगमन कक्षमा यात्रुलाई ज्वरो आए-नआएको मापन गर्ने थर्मल स्क्यान समेत जडान गरिएको डेस्कका संयोजक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका गोपाल पाण्डेले जानकारी दिए ।

उनले विदेशबाट आउने सबै यात्रुलाई अनिवार्य थर्मल स्क्यानमा मापन गराएर मात्रै नेपाल भित्रिन अनुमति दिने गरेको बताए । उनले भने, ‘चीनबाट आउनेलाई विशेष नगरानी गरेका छौं, हामीसँग अहिले स्रोत र साधनको कमी छैन।’

पाण्डेका अनुसार शङ्का लाग्नेबित्तिकै बिरामी यात्रुलाई अन्य यात्रुबाट अलग गराउने गरिएको छ।

उनले भने, “कसैलाई ‘कोरोना भाइरस’ सङ्क्रमण भएको शङ्का लागेमा हामीले बिरामी यात्रुलाई फरक बाटोबाट बाहिर लगेर टेकु अस्पताल पुर्‍याउने गरेका छौँ।”

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : २९ बजे

नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

काठमाडौँ – आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ ।

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला