ए डिभिजन लिग फुटबलः आज शेर्पा र सरस्वती तथा जावलाखेल र आर्मी भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आज शेर्पा र सरस्वती तथा जावलाखेल र आर्मी भिड्दै


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको सरस्वतीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ ।

शीर्ष डिभिजनमा उक्लिने सम्भावना जिवित राख्न उसलाई आजको खेलमा जित्नैपर्ने दबाब छ ।

लिगमा अव सरस्वतीले ५ खेल खेल्न बाँकी छ । शेर्पा पनि आजको खेलमा जितको लक्ष्यमा रहनेछ । लिगमा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।

लिगको शीर्ष स्थानमा रहेको अवस्थामा आर्मीले पछिल्लो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । जसका कारण उसले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमाएको थियो

लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडि छ ।

एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ । आर्मीविरुद्ध जित निकाले जावलाखेल भने चौथो स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : १३ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा