प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना « Khabarhub

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन्।

बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको जनाएको छ। उनलाई सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको प्रहरीले जनाएको हो ।

सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको थियो। उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था सोमबार आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको भएपनि उनको पारिवार भने उजुरीकर्ता महिलासँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयासमा थियो ।

उजुरीकर्ता प्रहरी जवानले उजुरी फिर्ता लिन अस्वीकार गरेपछि गायिका राउतले आफू कानूनअनुसारको कारबाही भोग्नका लागि तयार भएको प्रतिक्रिया दिएकी थिइन् ।

राउत सोमबार बिहान नै प्रहरीको सम्पर्कमा आए पनि प्रहरीले भने अपराह्नतिर मात्रै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ४३ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड