सिरिज जित्नुभन्दा अस्पतालबाट बुबा घर फर्किनु मेरा लागि महत्वपूर्णः वेन स्टोक्स « Khabarhub

सिरिज जित्नुभन्दा अस्पतालबाट बुबा घर फर्किनु मेरा लागि महत्वपूर्णः वेन स्टोक्स


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्ल्यान्डका अलराउण्डर वेन स्टोक्सले सिरिज जित्नुभन्दा पनि बुबा अस्पतालबाट डिस्चार्ज हुनु आफ्ना लागि महत्वपूर्ण रहेको बताएका छन् ।

इङ्ग्ल्यान्डले सोमबार बेलुका दक्षिण अफ्रिकासँगको टेस्ट रिसिज जितेको थियो । स्टोक्सका पिता जेड स्टोक्स डिसेम्बर ३३ देखि अस्पतालको आईसियुमा भर्ना भएका थिए । जोहानेसबर्गस्थित अस्पतालमा उनका बुबा उपचाररत रहँदा इङ्ग्ल्यान्डले जोहान्सबर्गमै भएको सिरिज ३–१ ले जितेको थियो ।

६४ वर्षीया स्टोक्स खेलको अन्तिम दिन नै अस्पतालबाट घर फर्किएका छन् ।

‘बुबा खेल सकिएकै दिन घर फर्किनु भएको छ,’ म्यान अफ दि सिरिज भएका स्टोक्सले भने,‘आजको दिन टिमका लागि निकै महत्वपूर्ण थियो । त्योसँगै पछिल्लो दिनहरुमा परिवारमा पनि खुसीको खबर छाएको छ ।’

स्टोक्सले आफ्ना पिताले अस्पतालमा रहँदा पनि खुसीका साथ क्रिकेट हेरेको बताएका छन् । स्टोक्सले भने, ‘मैले टेस्ट खेल्नु अघि बुुबालाई यो टिममा म पनि छु भन्दा उहाँले पक्कै पनि भन्दै अनुहारमा मुस्कान देखाउनु भएको थियो ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : १२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको