सिरिज जित्नुभन्दा अस्पतालबाट बुबा घर फर्किनु मेरा लागि महत्वपूर्णः वेन स्टोक्स « Khabarhub

सिरिज जित्नुभन्दा अस्पतालबाट बुबा घर फर्किनु मेरा लागि महत्वपूर्णः वेन स्टोक्स


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्ल्यान्डका अलराउण्डर वेन स्टोक्सले सिरिज जित्नुभन्दा पनि बुबा अस्पतालबाट डिस्चार्ज हुनु आफ्ना लागि महत्वपूर्ण रहेको बताएका छन् ।

इङ्ग्ल्यान्डले सोमबार बेलुका दक्षिण अफ्रिकासँगको टेस्ट रिसिज जितेको थियो । स्टोक्सका पिता जेड स्टोक्स डिसेम्बर ३३ देखि अस्पतालको आईसियुमा भर्ना भएका थिए । जोहानेसबर्गस्थित अस्पतालमा उनका बुबा उपचाररत रहँदा इङ्ग्ल्यान्डले जोहान्सबर्गमै भएको सिरिज ३–१ ले जितेको थियो ।

६४ वर्षीया स्टोक्स खेलको अन्तिम दिन नै अस्पतालबाट घर फर्किएका छन् ।

‘बुबा खेल सकिएकै दिन घर फर्किनु भएको छ,’ म्यान अफ दि सिरिज भएका स्टोक्सले भने,‘आजको दिन टिमका लागि निकै महत्वपूर्ण थियो । त्योसँगै पछिल्लो दिनहरुमा परिवारमा पनि खुसीको खबर छाएको छ ।’

स्टोक्सले आफ्ना पिताले अस्पतालमा रहँदा पनि खुसीका साथ क्रिकेट हेरेको बताएका छन् । स्टोक्सले भने, ‘मैले टेस्ट खेल्नु अघि बुुबालाई यो टिममा म पनि छु भन्दा उहाँले पक्कै पनि भन्दै अनुहारमा मुस्कान देखाउनु भएको थियो ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : १२ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका