२ वटा ट्रक एक आपसमा ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु « Khabarhub

२ वटा ट्रक एक आपसमा ठोक्किँदा रुपन्देहीमा ३ जनाको मृत्यु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– भैरहवा–भूमही सडक खण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–४ सुइलिहवामा २ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ ।

मंगलबार बिहान करिब साढे ५ बजेतिर भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटना परी मृत्यु हुनेमा नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का ३४ वर्षीय लालु कुर्मी र भविन कार्की तथा ठेगाना नखुलेका पूर्णबहादुर भुजेल छन् ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

घाइतेहरको भैरहवा मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेहरुमा तनहुँ घर भएका वीरेन्द्र गुरुङ (ट्रक चालक) , नवलपरासीको पाल्ही नन्दन गाउँपालिका घर भएका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजनका भीम अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, अन्य घाइतेहरु नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का २७ वर्षी विनोद धवल, ४भ्० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : २५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग