सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै   | Khabarhub Khabarhub

सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै  


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुखमा निर्वाचित भएपछि अग्नि प्रसाद सापकोटाले आज पहिलो पटक बैठकको अध्यक्षता गर्दैछन ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन ।नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् । विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नेछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पनि अब पारित गराउने रणनीतिमा सरकार छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा गत असोज १४ गते तत्कालिन सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएपछि सभामुख पद रिक्त रहँदा सभामुखले नै प्रमाणित गरेर राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनु पर्ने कतिपय बिधेयक समेत रोकिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ४४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार