आमिरका लागि अक्षयले आफ्नो फिल्मको रिलिज मिति सारे | Khabarhub Khabarhub

आमिरका लागि अक्षयले आफ्नो फिल्मको रिलिज मिति सारे


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यो क्रिसमसमा आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुँदैछ । क्रिसमसको अवसरमा रिलिज हुने यो फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने आँकलन गरिएको छ ।

आमिरले भन्दा पहिले सोही मितिमा अक्षय कुमारले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ रिलिजको घोषणा गरेका थिए । जसकारण, दुवैका फिल्म बक्स अफिसमा भिड्ने पक्काजस्तै भएको थियो ।

तर, अब भने भिडन्त टरेको छ । अक्षय कुमारले आफ्नो फिल्मको मिति पछाडि सारेका छन् ।

अक्षय कुमारले आफ्नो फिल्मको रिलिज मिति पछाडि सारेपछि ‘लालसिंह चड्ढा’ क्रिसमसमा एक्लै आउने भएको छ । यो कुरा आमिरले ट्वीट गरेर स्पष्ट पारेका छन् । आमिरले अक्षय कुमार र साजिद नाडियाडवालालाई धन्यवाद पनि दिएका छन् ।

फिल्म एउटै मितिमा रिलिज नहुने भएपछि फाइदा भने दुवै फिल्मलाई हुने भएको छ । अक्षय कुमारले यसअघि पनि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ का लागि ‘प्याडम्यान’ को रिलिज मिति पछाडि सारेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ४८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको