आमिरका लागि अक्षयले आफ्नो फिल्मको रिलिज मिति सारे « Khabarhub

आमिरका लागि अक्षयले आफ्नो फिल्मको रिलिज मिति सारे


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यो क्रिसमसमा आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुँदैछ । क्रिसमसको अवसरमा रिलिज हुने यो फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने आँकलन गरिएको छ ।

आमिरले भन्दा पहिले सोही मितिमा अक्षय कुमारले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ रिलिजको घोषणा गरेका थिए । जसकारण, दुवैका फिल्म बक्स अफिसमा भिड्ने पक्काजस्तै भएको थियो ।

तर, अब भने भिडन्त टरेको छ । अक्षय कुमारले आफ्नो फिल्मको मिति पछाडि सारेका छन् ।

अक्षय कुमारले आफ्नो फिल्मको रिलिज मिति पछाडि सारेपछि ‘लालसिंह चड्ढा’ क्रिसमसमा एक्लै आउने भएको छ । यो कुरा आमिरले ट्वीट गरेर स्पष्ट पारेका छन् । आमिरले अक्षय कुमार र साजिद नाडियाडवालालाई धन्यवाद पनि दिएका छन् ।

फिल्म एउटै मितिमा रिलिज नहुने भएपछि फाइदा भने दुवै फिल्मलाई हुने भएको छ । अक्षय कुमारले यसअघि पनि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ का लागि ‘प्याडम्यान’ को रिलिज मिति पछाडि सारेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ४८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५