बाग्मती नदीको सफाइमा विद्यालय र सामाजिक संस्थालाई पनि सहभागी गराइने | Khabarhub Khabarhub

बाग्मती नदीको सफाइमा विद्यालय र सामाजिक संस्थालाई पनि सहभागी गराइने


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुहानदेखि नै बाग्मती सफाइ अभियानमा जुटेको बाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ ।

‘घरदेखि नै बाग्मती सफा राखौँ’ भन्ने आग्रहका साथ शुरु भएको अभियानले मंगलबार विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको छलफल पछि यस्तो जानकारी दिइएको हो । गुह्येश्वरीमाथिको बाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

आउँदो शनिबारदेखि माथिल्लो भेगको बाग्मती सफाइ अभियानलाई हप्ताको सातै दिन सञ्चालन गर्ने तयारीसमेत भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित जया मल्टिपल क्याम्पसमा भएको छलफलमा आकाशदीप, गोकर्णेश्वर लाइट एकेडेमीलगायत शैक्षिक संस्थाका प्राचार्य/प्रधानाध्यापकको सहभागिता थियो ।

बाग्मती सुन्दरता सरोकार मञ्चका सबै वडाको अलग अलग बैठक राखी योजनालाई सफल पार्न लाग्ने अध्यक्ष पुडासैनीले बताए । मञ्चले गुह्येश्वरीमाथिको बाग्मती नदी किनारमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा वडा समितिसमेत गठन गरेर सफाइमा परिचालन गर्दै आएको छ ।

सफाइ अभियान र चेतनामूलक कार्यक्रम समानान्तर रुपमा अघि बढाउने तयारी भइरहेको मञ्चले जनाएको छ । छलफलमा तीन नं प्रदेशको नामकरण सभ्यताको स्रोत बाग्मती नदीका नामबाट गरिएकामा खुशी व्यक्त गर्दै सफाइ अभियानमा प्रदेश सरकारको समेत साथ सहयोग माग गर्ने भएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : ५० बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा