बाग्मती नदीको सफाइमा विद्यालय र सामाजिक संस्थालाई पनि सहभागी गराइने « Khabarhub

बाग्मती नदीको सफाइमा विद्यालय र सामाजिक संस्थालाई पनि सहभागी गराइने


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुहानदेखि नै बाग्मती सफाइ अभियानमा जुटेको बाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ ।

‘घरदेखि नै बाग्मती सफा राखौँ’ भन्ने आग्रहका साथ शुरु भएको अभियानले मंगलबार विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको छलफल पछि यस्तो जानकारी दिइएको हो । गुह्येश्वरीमाथिको बाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

आउँदो शनिबारदेखि माथिल्लो भेगको बाग्मती सफाइ अभियानलाई हप्ताको सातै दिन सञ्चालन गर्ने तयारीसमेत भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित जया मल्टिपल क्याम्पसमा भएको छलफलमा आकाशदीप, गोकर्णेश्वर लाइट एकेडेमीलगायत शैक्षिक संस्थाका प्राचार्य/प्रधानाध्यापकको सहभागिता थियो ।

बाग्मती सुन्दरता सरोकार मञ्चका सबै वडाको अलग अलग बैठक राखी योजनालाई सफल पार्न लाग्ने अध्यक्ष पुडासैनीले बताए । मञ्चले गुह्येश्वरीमाथिको बाग्मती नदी किनारमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा वडा समितिसमेत गठन गरेर सफाइमा परिचालन गर्दै आएको छ ।

सफाइ अभियान र चेतनामूलक कार्यक्रम समानान्तर रुपमा अघि बढाउने तयारी भइरहेको मञ्चले जनाएको छ । छलफलमा तीन नं प्रदेशको नामकरण सभ्यताको स्रोत बाग्मती नदीका नामबाट गरिएकामा खुशी व्यक्त गर्दै सफाइ अभियानमा प्रदेश सरकारको समेत साथ सहयोग माग गर्ने भएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : ५० बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,