एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ– देउवा « Khabarhub

एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ– देउवा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका हुन् ।

‘शुसील कोइराला प्रधानमन्त्री हुँदा नै एमसीसी आएको हो, यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको बिजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने,’ सभापति देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ ।’

सभापति देउवाले धेरै ठुलो रस्साकस्सीका बावजुत सभामुख चयन हुनुभएको भन्दै नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै कार्यकालभर आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताए ।

‘सभामुख तटस्थ पद हो, निस्पक्ष पद हो । संसद विपक्षीको हो भन्ने कुरा ध्यान दिन हुन आग्रह गर्छु । सत्ता पक्षले संसदमा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो,’ देउवाले भने, ‘प्रतिकूल विधेयकहरु सरकारले संसदमा पेश गरेको छ । मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु संसदमा आएका छन् । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ ।’

प्रतिनिधिसभाको विपक्षी दलका नेता रहेका देउवाले संसद बैठकमार्फत कोरोना भाइरहेको बढ्दो जोखिमका सन्दर्भमा समेत सरकारको ध्यानाकर्षण गराए । ‘कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनिकरणका लागि २४ घण्टे हेल्प डेस्क चलाउन आवश्यक देखेको छु,’ देउवाले भने, ‘चीनसँग सिधा उडान छ, चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्छ ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : २६ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा