‘कमब्याक’पछि किन नेपाली फिल्म नै बनाए विराजले ? « Khabarhub

‘कमब्याक’पछि किन नेपाली फिल्म नै बनाए विराजले ?


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टले लामो समय नेपाली फिल्म उद्योगमा राज गरे । उनका फिल्म हेर्न दर्शक ब्ल्याकमा टिकट काटेर हल छिर्थे । तर, अहिले अवस्था त्यस्तो छैन । फिल्म क्षेत्रमा नयाँ पुस्ताको उदय भइसकेको छ ।

यतिबेला भने विराज आफैले निर्माण गरेको फिल्मका कारण चर्चामा छन् । झण्डै २ वर्षको मेहनतपछि विराज ‘साङ्लो’ चलचित्र ल्याएर आउँदैछन् । यो उनको आफ्नै लगानी भएको पहिलो चलचित्र पनि हो ।

भोजपुरी फिल्म उद्योगमा पनि राम्रो छाप छोडेका विराजले आफूले पहिलो लगानीमा नेपाली चलचित्र बनाउनुको कारण नेपालप्रतिको स्नेह भएको बताए ।

खबरहबसँगको कुराकानीमा विराजले भने, ‘मैले पहिलो फिल्म भोजपुरी पनि बनाउन सक्थेँ होला, तर मलाई आफ्नै उद्योगको पहिलो फिल्म बनाउनुपर्छ भन्ने लाग्यो ।’

यो फिल्म नेपाली दर्शकलाई मन पर्ने स्वादको भएको विराजले सुनाए । उनका अनुसार फिल्ममा एक्सन मात्र छैन, एउटा सुन्दर कथा पनि छ । दर्शकले फिल्म हेरिसकेपछि सन्देश पनि पाउनेछन् ।

तस्वीर – अर्घेलो थापा

विराजको लेखन तथा निर्देशन समेत रहेको फिल्ममा निकिता चाण्डकले पनि शीर्ष भूमिका निभाएकी छिन् । रिलिजअघि सार्वजनिक गरेका ट्रेलर तथा गीतले राम्रै चर्चा कमाएका छन् ।

विराजले पनि यो फिल्मलाई एक स्तरीय फिल्म बताउँदै आएका छन् । ‘फिल्ममा एक्सनको थप तारिफ पाइरहेका छौं, तर दर्शकलाई यो एक्सन फिल्म मात्र होइन भन्ने बुझाउन चाहन्छौं, फिल्म सबै खालका दर्शकका लागि मन पर्ने सिनेमा बनेको छ,’ विराजले दाबी गरे ।

उनले अगाडि थपे, ‘जोखिम र चुनौती लिएर मैले किन नेपाली फिल्म बनाएँ भने म नेपाली नै हो, दुनियाँको जुन फिल्ममा काम गरे पनि हामीले आफ्नो माटो र आफ्नो इतिहासलाई चाहिँ बिर्सनु हुँदैन भन्ने लाग्छ । विदेशी फिल्ममा काम गर्न पाउनु मेरा लागि मात्र नभएर नेपालका लागि नै खुशीको कुरा हो ।’

उनले अहिले नेपाली फिल्म क्षेत्रमा देखिएका समस्यालाई चिर्दै आफू एक्सन अवतारमा दर्शकको चाहनाअनुसार प्रस्तुत भएको पनि बताए ।

यो फिल्म यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यता विराज भने फिल्मको फाइनल इडिटिङ र अन्तर्वार्तामा व्यस्त छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : २१ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य