जनतालाई दुःख दिने प्रहरी कर्मचारीलाई जतिबेला पनि हटाउन सक्छु– डीआईजी पोखरेल « Khabarhub

जनतालाई दुःख दिने प्रहरी कर्मचारीलाई जतिबेला पनि हटाउन सक्छु– डीआईजी पोखरेल


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जनतासँग नम्र स्वभाव र व्यवहारका साथ प्रस्तुत हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको निरीक्षण भ्रमण गर्दै डीआईजी पोखरेलले प्रहरीको कामले सरकारको पक्ष तथा विपक्षमा जनमत तयार हुने भएका कारण प्रहरी कर्मचारीले निष्पक्ष र भेदभावरहित व्यवहारका साथ कार्य सम्पादन गर्नुपर्ने बताए ।

संघीय राजधानी काठमाडौंमा मात्रै शान्ति व्यवस्था सदृढ पार्दा त्यसको असर देशभर नै पर्ने बताए । ‘देशका सबै जिल्लाका नागरिक बस्ने राजधानी काठमाडौंमा मात्रै शान्ति व्यवस्था सुदृढ बनाउन सके त्यसको असर देशभर पर्न जान्छ, देशभरकै शान्ति व्यवस्था सुदृढ हुन्छ,’ डीआईजी पोखरेलले भने, ‘शान्ति व्यवस्था कायम राख्ने सवालमा प्रहरी कर्मचारी कहिँ–कतै पनि चुक्नु हुँदैन । कर्तव्य पालनको शिलशिलामा म ठूलो हुँ भन्ने भावनालाई थाती राखेर जिम्मेवारीको गहनतालाई बुझेर सेवा प्रवाह गर्नुहोस् ।’

प्रहरीका हरेक काममा नागरिकदेखि राज्यका निकायको निगरानी हुने भएका कारण गलत गर्ने प्रहरी कर्मचारीलाई ‘एक्सक्यूज’ गर्न नसकिने डीआईजी पोखरेलको भनाइ थियो ।

डीआईजी पोखरेलले प्रहरीसँग सहयोग माग्ने तथा सेवाका लागि आउने नागरिकलाई दुःख तथा अनावश्यक हैरानी दिने प्रहरी कर्मचारीलाई प्रहरी सेवाबाट हटाउन पनि आफू पछि नपर्ने चेतावनी समेत दिए ।

डीआईजी पोखरेलले अहिलेको अवस्थामा विभिन्न अपराधिक र प्रतिबन्धित तत्व तथा समूहले शान्ति व्यवस्थामा असर पार्ने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै