गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता « Khabarhub

गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा लागू औषधको रुपमा लिइने गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेकपाका सांसदहरु प्रस्तावक र समर्थक रहँदै गाँजालाई वैधानिक मान्यता दिइ व्यवसायिक रुपमा खेती गर्ने कानून निर्माणका लागि सहयोग भन्दै प्रस्ताव मंगलबार प्रस्ताव दर्ता भएको हो । दर्ता नम्बर २ रहेको प्रस्तावको प्रस्तावक नेकपा सांसद विरोध खतिवडा रहेका छन् भने समर्थकमा पूर्वगृहमन्त्री समेत रहेका नेकपा सांसद जनार्दन शर्मा र पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तिमगरसहित ४५ जना सांसदहरु रहेको प्रस्तावक सांसद खतिवडाले जानकारी दिए ।

उनले अमेरिका, क्यानडा, नेदरल्याण्ड्, थाइल्याण्ड लगाएतका ६५ देशहरुले गाँजा उत्पादनलाई वैधानिक मान्यता दिएर किसानलाई आर्थिक रुपमा सवल पुर्‍याएको भन्दै नेपालमा पनि बहसको शुरुवातको आवश्यकता महसुस गरेर प्रस्ताव दर्ता गराएको बताए ।

उनले भने, ‘संसारका ६५ देशले गाँजा उत्पादन गरेर औषधिका रुपमा प्रयोग गरिरहेका छन् । हामीकहाँ गाँजालाई औषधिका रुपमा प्रयोग गर्न पनि नदिने, उल्टो जेल हाल्ने व्यवस्थालाई परिमार्जन गर्दै गाँजाको उत्पादनले कृषकको आम्दानीको स्रोत बनाउनुपर्छ, सरकारको नियमनमा वैधानिक बनाएर कानून संसोधन गर्नुपर्छ भन्ने समेटिएको छ ।’

विश्वका अन्य देशले गाँजाबाट डलर कमाइरहेको अवस्थामा नेपालमा भने गाँजा खेती गर्नेले जेल जानुपर्ने कानून बनाउनु हुँदैन भन्ने हिसाबले प्रस्ताव दर्ता गरिएको सांसद खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ५४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको