गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा « Khabarhub

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतविरुद्ध अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन म्याद थप गरेको थियो ।

प्रशासनले ४ दिन थुनामा राख्ने अनुमति दिए पनि प्रहरीले भने मंगलबार नै राउतविरुद्धको अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राउतविरुद्ध अभियो पत्र (मुद्धा) दायर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार नै राउतको बयान लिएर थुनछेक आदेश जारी गर्दै ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न भनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था सोमबार ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको थियो । यद्यपि राउत परिवारले  उजुरीकर्ता महिला प्रहरीसँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास गरेको भएपनि प्रहरी जवान श्रेष्ठले मुद्दा फिर्ता लिन अस्वीकार गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ५७ बजे

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र