शेयर बजारमा सुधारको क्रम जारी « Khabarhub

शेयर बजारमा सुधारको क्रम जारी


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारको सुधार कायमै रह्यो ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा पुग्यो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.४८ प्रतिशतले ओरालो लाग्यो ।

मंगलबार शेयरबजारमा  १ अर्ब ४० करोड ४६ लाख रुपियाँ बराबरको कारोबार भयो ।

मंगलबार कारोबार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको ९ करोड ९५ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाख रुपियाँ बराबरको शेयर किनबेच भयो ।

मंगलबार जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने व्यापार समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यस्तै, होटल समूहको सूचकमा १ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बैंकिङ र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचकमा शुन्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

मंगलबार  शिखर इन्स्योरेन्सका लगानीकर्ताले मुनाफा कमाए। शिखर इन्स्योरेन्सले ८ प्रतिशतले मुनाफा आर्जन गरेको छ ।

मंगलबार धेरै घाटा व्यहोर्नेमा गुहिएश्वरी मर्चेन्ट बैंकका लगानीकर्ता रहे । उक्त कम्पनीले मंगलबार ४ दशमलव ३४ प्रतिशतले घाटा व्यहोर्‍यो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ४ : ४९ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको