शेयर बजारमा सुधारको क्रम जारी « Khabarhub

शेयर बजारमा सुधारको क्रम जारी


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारको सुधार कायमै रह्यो ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा पुग्यो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.४८ प्रतिशतले ओरालो लाग्यो ।

मंगलबार शेयरबजारमा  १ अर्ब ४० करोड ४६ लाख रुपियाँ बराबरको कारोबार भयो ।

मंगलबार कारोबार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको ९ करोड ९५ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाख रुपियाँ बराबरको शेयर किनबेच भयो ।

मंगलबार जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने व्यापार समूहको सूचकमा २ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यस्तै, होटल समूहको सूचकमा १ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बैंकिङ र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचकमा शुन्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

मंगलबार  शिखर इन्स्योरेन्सका लगानीकर्ताले मुनाफा कमाए। शिखर इन्स्योरेन्सले ८ प्रतिशतले मुनाफा आर्जन गरेको छ ।

मंगलबार धेरै घाटा व्यहोर्नेमा गुहिएश्वरी मर्चेन्ट बैंकका लगानीकर्ता रहे । उक्त कम्पनीले मंगलबार ४ दशमलव ३४ प्रतिशतले घाटा व्यहोर्‍यो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ४ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै