सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू « Khabarhub

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ८ घाइते


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मंगलबार बिहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावपूर्ण बनेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गर्दै साँझ साँढे ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएकाे जनाएको हो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडप हुँदा स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

ट्रिपरको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएका थिए । उनीहरु तोडफोड, आगजनीमा उत्रिएपछि सम्भावित सुरक्षा स्थितिलाई नियन्त्रण लिन कर्फ्यू आदेश जारी गरिएको  सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म कर्फ्यू क्षेत्र घोषणा गरिएको हो ।

आज दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।

स्थानीयका अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ४९ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै