टाटाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक ‘नेक्सन ईभी’ « Khabarhub

टाटाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक ‘नेक्सन ईभी’


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधन उत्पादक कम्पनी ‘टाटा’ले सबैभन्दा सस्तो इलेक्ट्रिक ‘एसयूभी नेक्सन ईभी’ लन्च गरेको छ । यसको सुरुवाती मूल्य १३ लाख ९९ हजार भारु तोकिएको छ ।

विभिन्न तीन भेरिएन्ट एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस एलयूएक्समा सो कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । यी भेरिएन्टको मूल्य क्रमशः १३ लाख ९९ हजार, १४ लाख ९९ हजार र १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

टाटा नेक्सन ईभीमा ३०।२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसमा भएको इलेक्ट्रिक मोटरले १२९ पीएस पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३१२ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो कारमा ३५ कनेक्टेड फिचर हुनेछन, जसलाई जेटकनेक्ट एपको मदतले प्रयोग गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : २७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै