बजारको अचार खाँदा होशियार ! हुनसक्छन् यस्ता ७ खतरा « Khabarhub

बजारको अचार खाँदा होशियार ! हुनसक्छन् यस्ता ७ खतरा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अधिकांश मानिस खानामा अमिलो पिरो अचार खाने गर्दछन् । अचारले खानाको स्वाद बढाउनु साथै मुख नै रसिलो बनाइदिन्छ ।

तर अचार खाँदा कतिपय कुरामा ध्यान नदिदा घातक हुने खतरा पनि उत्तिकै छ । अझ बयम (सिसाका भाँडा)मा राखिएका अचार खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

बजारमा पाइने बोतल वा प्लाष्टिकले प्याकिङ गरेर बिक्रिका लागि राखिएका अचार खाँदा उच्च रक्तचाप, क्यान्सर, हृदयघात जस्ता थुप्रै रोगको सम्भावना उच्च रहेको पाइएको छ ।

१. हाड कमजोर

अचारमा सोडियमको मात्रा अत्याधिक हुन्छ । जसले शरिरमा क्याल्सियमको मात्रा कम गराई हाड कमजोर बनाउँने गर्दछ ।

२. रक्तचाप बढ्ने

खानामा नियमित बजारका वा बयमका अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्न गई रक्तचाप बढ्ने गर्दछ ।

३. मुटुमा समस्या

अचारमा पाइने सोडियमले रक्त संचारलाई बिगार्नुका साथै मुटुको समस्या बढाउने गर्दछ । यसले मुटुमा धेरै प्रकारका समस्या निम्त्याउने गर्दछ । यसकारण बयममा राखिएका वा बजारबाट खरिद गरिएको अचार नखानु नै श्रेष्ठकर मानिन्छ ।

४. वजन बढाउने

नियमित अचार खाँदा शरिरमा आइरनको मात्रा कम हुने संभावना हुन्छ । साथै यसले शरीरमा बोसोको मात्रा पनि बढाउने गर्दछ ।

५. हृदयघातको जोखिम

खानामा नियमित अचार खानाले रक्त सञ्चार बिग्रनुका साथै यसले मष्तिकमा समेत असर पुर्‍याउँछ । साथै हृदयघातको जोखिम उच्च हुन्छ ।

६. क्यान्सरको खतरा

धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्न गई पेटको क्यान्सर हुने खतरा बढाउने गर्दछ । कतिपय अवस्थामा अल्सरको संभावना पनि हुन्छ ।

७. मृगौलामा असर

अचारमा पाइने सोडियमले क्याल्सियमलाई पगालेर मृगौलासम्म पुर्‍याउँछ । जसबाट मृगौलाको पत्थरी हुने संभावना हुन्छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ४१ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा