अस्थायी साधन बन्दै गर्भपतन सेवा « Khabarhub

अस्थायी साधन बन्दै गर्भपतन सेवा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ ।

डोटीका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।

गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएको केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिए । उनले भने, ‘निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउन थाले, यो समस्याको विषय हो ।’

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताइन ।

उनले भनिन्, ‘अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम छ। गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ ।’

यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् । ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिइन ।

उनले भनिन्, ‘हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ ।’

जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका डा ज्योति पाण्डेले भने ‘गर्भपतन सेवालाई अस्थायी साधनका रुपमा लिनु हुँदैन । सेवाका बारेमा जनचेतना जगाउन आवश्यक छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ५६ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन