प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक | Khabarhub Khabarhub

प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटेका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ ।

विवादका बीच बिहीबार राजधानीमा आयोजित बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भने नेताहरुले पार्टी भित्र समस्या देखिए पनि छिट्टै समाधान हुने जनाएका थिए ।

शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा शुरु भएको छलफल पनि पछिल्लो समस्या समाधानमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘पछिल्लो समय प्रधानमन्त्रीज्युले पार्टी निर्णय नमान्ने भनेर चुनौती दिएको विषय सार्वजनिक भएको छ । तर, विवाद त्यहि हदसम्मको त हैन । यद्यपि प्रधानमन्त्रीज्युसँग भेट गर्नुभन्दा अगाडि पार्टीले गरेको निर्णयका विषयमा पुनः केही वीमर्श गर्ने भनेर नेताज्युहरु अध्यक्ष (प्रचण्ड)कहाँ भेला हुनुभएको हो ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’