के ‘म यस्तो गीत गाउँछु २’ फिल्म ‘तुम्से अच्छा कौन है’ बाट प्रभावित छ ? « Khabarhub

के ‘म यस्तो गीत गाउँछु २’ फिल्म ‘तुम्से अच्छा कौन है’ बाट प्रभावित छ ?


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज हुनासाथ यो फिल्म ‘आशिकी २’ सँग मिलेको आरोप लाग्यो । दुवै म्युजिकल लभस्टोरी फिल्म भएकाले पनि मिल्दोजुल्दो लागेको दर्शकको प्रतिक्रिया थियो ।

लगत्तै ‘म यस्तो गीत गाउँछु २’ का पटकथाकार शिवम् अधिकारीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण नै दिए – आशिकी २ सँग मिल्ने रहेछ भने फिल्मबाट सन्यास लिन्छु ।

अहिले फेरि यो फिल्मलाई अर्को हिन्दी फिल्म ‘तुम्से अच्छा कौन है’ सँग मिल्न गएको भन्दै चर्चा हुन थालेको छ । यसबारेमा सोध्दा पटकथाकार शिवम् अधिकारीले यो फिल्म आफूले हेरेका कुनै पनि फिल्मसँग नमिल्ने प्रतिक्रिया दिए ।

‘मान्छेले किन यसो भनिरहेका छन् अचम्मित छु, मलाई लाग्छ यो सुदर्शन थापासँगको रिसइवी हो, मैले हेरेका कुनै फिल्मसँग पनि हाम्रो फिल्मको कथा मिल्दैन,’ अधिकारीले भने, ‘म्युजिकल लभस्टोरी नै भएकाले अलिअलि मिलेजस्तो देखियो होला ।’

शिवमले आफू प्रभावित हुने भयले ‘आशिकी २’ फिल्म नै नहेरेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म तुम्से अच्छा कौन है सँग पनि मिल्दैन, फिल्म रिलिजपछि दर्शकले थाहा पाइहाल्नुहुन्छ नि ।’

फिल्मको कथा आफूलाई निर्देशक सुदर्शन थापाले दिएको र सोही कथामा आफूले फिल्मले लेखेको उनले बताए । पटकथा लेखनमा शिवम र दिनेश न्याैपानेले सहकार्य गरेका छन् ।

‘निर्देशकले कतैबाट प्रभावित भएर कथा लेख्नुभएको रहेछ भने त थाहा भएन तर मलाई कतै मिलेजस्तो लाग्दैन,’ उनले भने ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको अभिनय रहेको थियो । फिल्ममा लगानी पूजा शर्मा र सुदर्शन थापाको रहेको छ ।

यसअघि यही टिमले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ ले व्यावसायिक रुपमा सफलता कमाएको थियो । यद्यपि समीक्षा भने फिल्मले राम्रो कमाएको होइन ।

‘म यस्तो गीत गाउँछु २’ ले रिलिजअघि राम्रो चर्चा कमाएको छ । दर्शकले फेरि एकपटक पल र पूजाको जोडी पर्दामा देख्न पाउनेछन् ।
यो फिल्म यही फागुन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ०७ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले