‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?’ « Khabarhub

‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालय बैठकको निर्णय र उनलाई नलैजाने प्रधानमन्त्री केपी ओलीको चेतावनीले यतिवेला नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा पराजित नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा बैठकमा लैजाने निर्णय केपी ओली उपस्थित नेकपाको सचिवालय बैठकले गरेको थियो । तर बैठक सकिएको केही समयमा नै ओलीले नेता माधव नेपाललाई फोन गरेर आफूमाथि घेराबन्दी गर्ने काम नेताहरुले गरेको कारण गौतमलाई राष्ट्रिय सभामा नलैजाने र अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिने चेतावनी दिएका थिए । यससँगै नेकपाको विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री ओली बाहेक अध्यक्ष प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत एक पक्षमा लागेपछि ओली पनि संकटमा परेका छन् ।

यसैबीच तत्कालिन नेकपा एमालेबाट पटक पटक मन्त्री समेत रहेका पूराना कम्युनिस्ट नेता प्रदीप नेपालले वामदेव प्रकरणमा असन्तुष्टि पोखेका छन् ।

पूर्व मन्त्री नेपालले सामाजिक सञ्जाल मार्फत यसबारे असन्तुष्टि व्यक्त गर्दै गम्भीर प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालले पूर्व मन्त्री नेपालले प्रश्न गरेका छन्– ‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ? ’

सामाजिक सञ्जालमा कयौंले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई पुन सांसद बनाउन लागिएको भन्दै नेकपा नेतृत्वको आलोचना समेत गरेका छन् ।

तर प्रचण्डले भने त्यसको बचाउँ गरेका छन् ।

शुक्रवार चितवन पुगेका प्रचण्डलाई पत्रकारले सोधेका थिए, ‘चुनावमा पराजित भएका वामदेवलाई सांसद नबनाइ नहुने चाँही किन, कुन शक्तिले काम गरेको छ ?’ भन्ने प्रश्नमा प्रचण्डले चुनावमा हारजित हुन फरक पाटो रहेको र पराजित भएकालाई संसदमा ल्याउने विश्वव्यापी रुपमा हुने गरेको बताए ।

सचिवालयमा रहेका सबै सांसद रहेको तर वामदेव मात्र नभएका कारण उनलाई संसदमा ल्याउने निर्णय पार्टीले गरेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले सचिवालयले सर्वसम्मत गरेको निर्णयबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पछि हट्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २७ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।