खुमलटार बैठकको निष्कर्ष ओलीलाई सुनाउन नेता नेपाल बालुवाटारमा | Khabarhub Khabarhub

खुमलटार बैठकको निष्कर्ष ओलीलाई सुनाउन नेता नेपाल बालुवाटारमा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवाद बारे प्रधानमन्त्रीसमेत रहेक पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गर्न नेता माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्‍त्री ओली र नेता नेपालबीच छलफल चलिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बिहान भएको छलफलबारे जानकारी गराउन र निर्णय कार्यान्वयनका लागि सुझाव दिन नेपाल त्यहाँ पुगेका स्रोतको दाबी छ ।

खुमलटारमा शुक्रबार बिहानको बसेको प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतको बैठकले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठकको निर्णय कार्यान्वयन नगरे गम्भीर दुर्घटना हुने चिन्ता नेताहरुले गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीलाई मध्यमार्गी बाटो निकाल्न सुझाव दिने वा पार्टी निर्णय कार्यान्वय गर्न मार्ग प्रशस्त गर्ने विकल्प दिने बारे छलफल भएको स्रोतको दाबी छ ।

खुमलटार बैठक सकेर प्रचण्ड चितवन पुगेका छन्। चितवन पुगेर प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएको भन्दै अध्यक्ष ओलीले यसलाई नमान्ने भन्ने प्रश्न नै नआउने बताएका थिए ।

नेकपाका एक जना स्थायी कमिटीका नेताले भने प्रधानमन्त्रीले मध्यमार्गी रुपमा समस्या समाधान गर्ने तयारी गरेको दाबी गर्छन् ।

सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि कायम राखेर अघि बढ्ने तयारी ओलीको रहेको उनको दाबी छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ४३ बजे

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा