खुमलटार बैठकको निष्कर्ष ओलीलाई सुनाउन नेता नेपाल बालुवाटारमा « Khabarhub

खुमलटार बैठकको निष्कर्ष ओलीलाई सुनाउन नेता नेपाल बालुवाटारमा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवाद बारे प्रधानमन्त्रीसमेत रहेक पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गर्न नेता माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्‍त्री ओली र नेता नेपालबीच छलफल चलिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बिहान भएको छलफलबारे जानकारी गराउन र निर्णय कार्यान्वयनका लागि सुझाव दिन नेपाल त्यहाँ पुगेका स्रोतको दाबी छ ।

खुमलटारमा शुक्रबार बिहानको बसेको प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतको बैठकले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठकको निर्णय कार्यान्वयन नगरे गम्भीर दुर्घटना हुने चिन्ता नेताहरुले गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीलाई मध्यमार्गी बाटो निकाल्न सुझाव दिने वा पार्टी निर्णय कार्यान्वय गर्न मार्ग प्रशस्त गर्ने विकल्प दिने बारे छलफल भएको स्रोतको दाबी छ ।

खुमलटार बैठक सकेर प्रचण्ड चितवन पुगेका छन्। चितवन पुगेर प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएको भन्दै अध्यक्ष ओलीले यसलाई नमान्ने भन्ने प्रश्न नै नआउने बताएका थिए ।

नेकपाका एक जना स्थायी कमिटीका नेताले भने प्रधानमन्त्रीले मध्यमार्गी रुपमा समस्या समाधान गर्ने तयारी गरेको दाबी गर्छन् ।

सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि कायम राखेर अघि बढ्ने तयारी ओलीको रहेको उनको दाबी छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ४३ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन