पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड « Khabarhub

पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् ।

शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले त्यहाँ एक रात बिताउने कार्यक्रम छ ।

प्रचण्डले शनिबारदेखि शुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।

बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपामा अहिले विवाद बढेको छ ।

ओलीको चुनौती पछि बहुमत सचिवालय सदस्यहरु पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।

सोही विषयमा शुक्रबार बिहान प्रधानमन्त्री ओली बाहेकका शीर्ष नेताबीच अध्यक्ष प्रचण्डको निजी निवास खुलमटारमा छलफल समेत भएको थियो ।

शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुसँगको छलफलपछि प्रचण्ड चितवन गएका थिए ।

चितवनमा सञ्चारकर्मीको कुराकानीमा प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन भएरै छाड्ने बताएका थिए । पार्टीको निर्णय प्रधानमन्त्री ओलीले पनि मान्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ४ : ३८ बजे

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा