प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको जनाइएको छ ।

पछिल्लो केहि दिन यता नेकपामा अन्तर संघर्ष चुलिएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने विषयका कारण नेकपाका शीर्ष नेताहरुबीच मत बाझिएपछि पार्टीमा आन्तरिक संघर्ष चुलिएको हो ।

आज बिहान प्रचण्ड निवासमा बसेको ओली इतरका नेताहरुको बैठकले सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो ।

निर्णयका बारेमा नेताहरुले केही जानकारी नदिएको भए पनि बैठकपछि चिवतन पुगेका नेकपा अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय नै आधिकारिक निर्णय भएको भन्दै प्रधानमन्त्रीले मान्नैपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको चाहनाअनुसार वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिन नसकिने स्पष्ट पारेका प्रचण्डले उनलाई मन्त्री बनाउन चाहे ६ महिना मन्त्री बनाउन सकिने बताएका छन् ।

यसले मध्यमार्गी बाटो समेत देखाएको छ । प्रचण्ड निवासमा बसेको ओली इतरका नेताहरुको बैठकले खतिवडालाइ ६ महिनासम्म मन्त्री बनाउने र गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बाटोका विषयमा छलफल गरेको छ ।

ओली इतरका नेताहरुको बैठक सकाएर चितवन पुगेका प्रचण्ड त्यहाँबाट फर्केर सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । केही निर्णय लिनुभन्दा पहिला सुकुटे जाने प्रचण्डको पुरानै शैली हो ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गत बुधबारको सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नेकपाको ध्रुवीकरण तीव्र बनेको छ ।

नेकपा सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने नगरे पार्टी छाडेर जान सुझाव दिएका वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रुपमै चेतावनी दिएपछि ओली पक्षका नेताहरुले उनको आलोचना शुरु गरेका छन् ।

नेता खनालले खबरहबसँगको कुराकानीमा पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुको विकल्प नभएको समेत बताएका थिए । उनले नेपाली राजनीतिमा नयाँ आयाम आउने सम्भावना रहेको समेत बताएका छन् । कस्तो आयाम भन्ने नखुलाएका उनले नयाँ राजनीतिक यात्राका लागि प्रक्रिया शुरु हुने बताएका थिए ।

यता प्रधानामन्त्री केपी शर्मा ओली पार्टीभित्रै अल्पमतमा परेपछि उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटे । भेटका क्रममा नेता कोइरालाले प्रधानमन्त्रीलाई राजनीनामा दिन सुझाव दिएको बताएका छन् । सत्तारुढ नेकपाभित्र ओली अल्पमतमा परेपछि उनले शुरु गरेको प्रतिपक्षी दलका नेतासँगको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ०३ बजे

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका