काठमाडौं– जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैद फैसला सुनाएको हो।
सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।
मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए । कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।
पटक–पटक फोन पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा गरेकी थिइनन् । तेस्रो पटक समेत चेक साँट्न जाँदा पैसा नभएपछि कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए।
सोही मुद्दामाथि अदालतले ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।
तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि उनले पुनः जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया