कोरोना भाइरसको संक्रमण नाइजेरिया, वेल्स र न्यूजिल्याण्डमा पनि देखियो « Khabarhub

कोरोना भाइरसको संक्रमण नाइजेरिया, वेल्स र न्यूजिल्याण्डमा पनि देखियो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– प्राणघातक कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्ड, वेल्स र नाइजेरियामा समेत देखा परेको छ ।

विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस सुदूरपूर्वी मुलुक न्यूजिल्याण्ड, बेलायतको वेल्स र अफ्रिकी मुलुक नाइजेरियामा पहिलोपटक देखा परेको हो ।

नाइजेरियाको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति जारी गर्दै लेगोस शहरमा काम गर्दै आएका इटालीका नागरिकमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।

उनी २५ फेब्रुअरीका दिन इटालीको मिलान शहरबाट नाइजेरिया प्रवेश गरेको उल्लेख छ । इटाली युरोपमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । संक्रमितले कोरोना भाइरसको गम्भीर लक्षण नदेखाएपनि आइसोलेसनमा राखेर उनको उपचार भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अड्रेनले पनि आफ्नो मुलुकमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेकी छिन् । हाल अष्टे«लिया भ्रमणमा रहेकी प्रधानमन्त्री अड्रेनले सिड्नी शहरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा इरानबाट फर्केका आफ्ना एक नागरिकमा यसको संक्रमण पुष्टि भएको जनाएकी हुन् । इरान कोरोना भाइरसबाट चीनपछिको सबैभन्दा धेरै प्रभावित मुलुक हो ।

इरानबाट फर्केका ६० वर्षे संक्रमितबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । संक्रमितलाई औकल्याण्डको अस्पतालमा उपचारका लागि राखिएको र उनको स्वास्थ्य सामान्य बन्दै गएको प्रधानमन्त्री अडे«नलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूजिल्याण्ड सबै किसिमका स्वास्थ्य प्रकोपविरुद्ध जुझ्न तयार रहेको र यसका लागि उच्च सतर्कता अपनाइने प्रधानमन्त्रीको भनाइ छ ।
अर्कोतर्फ बेलायतको वेल्समा पनि कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ । वेल्सका प्रमुख चिकित्सा अधिकारी डा. फ्रांक अथेरटनले उत्तरी इटालीको भ्रमण गरी फर्केका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनको उच्च सतर्कतासाथ उपचार भइरहेको बीबीसीले जनाएको छ । यससँगै संयुक्त अधिराज्यमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको सङ्ख्या १९ पुगेको छ ।

गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना भाइरस एसियाली मुलुकहरुका अलावा अष्टे«लिया, युरोप र अफ्रिकासम्म पुगेको हो । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तिर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाई गरेको छ । इटालीमा कोरोनाको सङ्क्रमण बढेसँगै कतिपय गाउँ शहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका मानिसहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ । यसबाट चीन सबैभन्दा बढी प्रताडित छ । दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको संख्या २ हजार नाघिसकेको छ ।

अरु केही मुलुकमा पनि सङ्क्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग