विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको बताएका छन् ।

आज उदयपुर जिल्लाको रौतमाई गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल रौता पोखरी क्षेत्र आसपासमा रणसार्दूल गण नेपाली सेनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा राईले विकसित मुलुकमा हिजोको इतिहास हेर्दा शुरुमा उनीहरुले हातेमालो गरेर नै आज विकासित बन्न पुगेको बताए ।

मुख्यमन्त्री राईले नेपालमा पनि धेरै साधनस्रोत रहेका कारण जनताले हातेमालो गरेर अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एशियाको समृद्ध राष्ट्र बन्न सक्ने जिकिर गरे ।

सरकारको मात्र मुख ताक्नुभन्दा जनताले पनि हातेमालो गरेर अगाडि बढ्न प्रयास गर्दै सरकारलाई सहयोग गरे नेपालमा विकासले फड्को मार्ने उनको भनाइ थियो । नेपाली सेनाले सरकारलाई देशको सुरक्षा गर्न र विकास गर्न ठूलो सहयोग गरिरहेको भन्दै सेनाको विकास कार्यको मुख्यमन्त्री राईले खुलेर प्रशंसा गरे ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेना देश र नेपाली जनताको साझा सेना भएको कारण देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको भन्दै जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार रहेको बताए ।

आज नेपाली सेनाको संयोजकत्वमा उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता क्षेत्रको ५०० रोपनी क्षेत्रफल जग्गामा नेपाली सेनाले छ हजार ३०० बिरुवा रोपेर रौता क्षेत्रलाई हरितकण विकासमा अगाडि बढाएको सेनाले बताएको छ ।

रौतामा गरिएका वृक्षारोपणका बिरुवामा नास्पाति, तेजपात र टिम्मुर प्रजातिका बिरुवा रहेको नेपाली सेना रणसार्दूल गण गाईघाट बोक्सेका प्रमुख भैरवबहादुर थापाले बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : १९ बजे

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका