हन्टा भाइरस के हो, कसरी बच्न सकिन्छ ? « Khabarhub

हन्टा भाइरस के हो, कसरी बच्न सकिन्छ ?


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको जोखिम न्यूनीकरण हुँदै गरेको चीनमा फेरी हन्टा भाइरसको प्रकोप देखिन थालेको छ । कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका एक जनाको हन्टा भाइरसका कारण ज्यान गएपछि चीनमा पुनः त्रास शुरु भएको छ ।

युन्नान शहरमा मृत्यु भएका उनको हन्टा भाइरसकै कारण ज्यान गएको चिनियाँ अधिकारीहरुले बताएका छन् । हन्टा भाइरस मुसाबाट मानिसमा सर्ने गरेको तथ्य वैज्ञानिकहरुले यसअघि नै पत्ता लगाइसकेका छन् ।

बैज्ञानिकहरुकाे भनाइलाई मान्ने हो भने हन्टा भाइरसको संक्रमण कोरोना भाइरसको संक्रण जस्ताो विश्भर फैलिन खतरा भने रहँदैन ।  यो भाइरसको पनि कुनै पनि औषधी नभएको बताइन्छ।

चिनियाँ मजदुर टियानको गत सोमबार कामको लागि कम्पनीको बस चढेर कार्यस्थानतर्फ जाँदै थिए। उनी चढेको बसमा थप २९ जना सवार थिए। तर अचानक उनीकाे स्वास्थ्य अवस्था बिग्रियाे। त्यहाँबाट उनलाई तुरुन्तै एक स्थानिय निन्सन काउन्टीको अस्पताल लगियाे।

उपचारको क्रममा सोमबार बिहान उनको मुत्यु भयो। उपचारमा संलग्न चिकित्सकहरुले उनको मृत्यु हन्टा भाइरसबाट भएको जानकारी दिए ।

गत बुधबार ग्लोबल टाइम्सलाई दिइएको एक अन्तर्वार्तामा वुहान युनिभर्सिटीका रोग तथा भाइरस वैज्ञानिक यांग ज्हंकिउले मानिसहरुमा एकैसाथ कोरोना र हन्टाभाइरसले हाबी गर्न नसक्ने बताएका थिए ।

के हो हन्टा भाइरस ?

हन्टा भाइरसलाई महामारी हेमोरिजिक ज्वरोको रूपमा पनि चिनिन्छ । यो एक गहन भाइरल संक्रामक रोग हो। मुख्य रूपले ज्वरो, रक्तस्राव गर्ने प्रवृत्ति, र मृगौलाको क्षतिको लक्षण देखाउँछ।

शुरुमा ज्वारो आउने, टाउको दुख्ने, मृगौला, मुटु र फोक्सो सुन्निएर पुरै शरीर सुन्निने लक्षण देखा पर्ने गर्छ । यो रोग मुसासँग सम्पर्कको कारण र तिनीहरूले छोएको खाना खाएमा सर्ने गर्दछ ।

उक्त अन्तर्वार्तामा उनले भने,’हान्टा भाइरसको बारेमा चिन्ता लिनु आवश्यक छैन। यो नियन्त्रणयोग्य छ र यसको रोकथामका लागि खोपहरू पनि छन्।’

मुख्यतया: ग्रामीण क्षेत्रमा मुसा धेरै हुने हुँदा यो रोग शहरमा भन्दा गाउँमा बढी देखिने र फैलिन सक्ने उनले बताए । यो रोग युरियासियामा व्याप्त छ र रसिया, फिनल्याण्ड, स्विडेन र चीनमा संक्रमण भएका धेरै घटनाहरू छन्।

हन्टा भाइरसबाट कसरी बच्ने ?

हन्टा भाइरसबाट बच्नकाे लागि पहिला त मुसाबाट टाढा रहनु नै उत्तम विकल्प हो । जसका लागि मुसाहरुको संख्या नै कम गर्नु पर्छ।

घरमा मुसाहरुको आवागमनलाई रोक्नुपर्छ । मुसा आउने प्वाल बन्द गर्नुपर्छ ।  मुसाको मल, मुत्र अथवा र्‍यालको सम्पर्कमा आएमा यो रोग सर्ने सम्भावना अधिक रहने बैज्ञानिकहरु बताउँछन् ।

कोरोना भाइरस झै यो भाइरस पनि प्लास्टिक अथवा धातुमा लामो समयसम्म जीवित रहन्छ। फोहोर थुपार्न हुँदैन पानी जम्मा गर्न पनि उपयुक्त मानिदैन ।

घरमा मुसाले बस्ने वातावरण बनाइनु हुन्न, जताततै पुराना फाटेका कपडाहरु पनि थुप्रो पारेर राख्नु हुँदैन । किनकी यस्ता ठाउँमा मुसाले आफ्ने वासस्थान बनाउन सक्छ ।

घरमा अथवा आसपास कुनै मुसा मरेको पञ्जाले उचित व्यवस्थापन गर्नुपर्छ । त्यस स्थानलाई सफा गर्नुपर्छ र तलाई तातो पानीले २० सेकेण्डभन्दा बढी समय लगाएर एन्टिसेप्टिक साबुनले सफा गर्नुपर्छ। घरको वरिपरिका नाली तथा पानी बग्ने स्रोतलाई राम्ररी छोप्नु पर्छ । सवैभन्दा बढी सरसफाइमा उचित ध्यान दिनुपर्छ ।

हन्टा भाइरस सर्वप्रथम सन् १९७० को दशकमा कोरियामा पहिलो पटक देखा परेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ५९ बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको