लकडाउनको उल्लंघन गर्दै ठमेलको सडकमा घुमिरहेका छन् विदेशी पर्यटक « Khabarhub

लकडाउनको उल्लंघन गर्दै ठमेलको सडकमा घुमिरहेका छन् विदेशी पर्यटक


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज पाँचौँ दिन पर्यटकहरु भने सडकमा टहलिरहेका छन् ।

काठमाडौंंबासीले घरभित्रै बसेर सरकारले अपनाएको सतर्कतालाई साथ दिइरहे पनि काठमाडौं‌को पर्यटकीय क्षेत्र ठमेल र आसपासका स्थानमा भने विदेशी पर्यटक निस्फिक्री हिँडिरहेका छन् ।

‘विदेशबाट कोरोना भित्रिएकाले विदेशी पर्यटकलाई थप कडाइ गर्नुपर्ने हो’, ठमेलका जुजुकाजी महर्जनले भने, ‘तर विदेशी पर्यटक बेलगाम घोडाजस्ता टहलिँदै हिँडेका छन् ।’ पर्यटकहरू हुल बाँधेर बाहिर निस्किँदा असुरक्षित महसुस गरेको महर्जनले गुनासो गरे ।

काठमाडौंका चोकचोकमा लकडाउनको निगरानी गर्न नेपाल प्रहरी तैनाथ छ । ठमेलको बाहिरी क्षेत्र पीपलबोट र सोह्रखुट्टेमा प्रहरीको उपस्थिति रहे पनि त्यसका भित्री भागमा शून्य छ । यही मौकाको फाइदा उठाउँदै पर्यटक डुलिरहेका छन् ।

महानगरीय प्रहरीवृत्त, लैनचौरका प्रहरी निरीक्षक भानु खड्का ठमेल क्षेत्रका पर्यटक निरगानीमै रहेको जिकिर गर्छन् । उनी भन्छन्, ‘आवतजावत गर्नैपर्ने पर्यटकलाई सवारी साधनको व्यवस्था गरेर सम्बन्धित स्थानमा पुर्‍यारहेका छौँ । विनाकामका पर्यटकलाई हिँड्डुल गर्न दिएका छैनौँ ।’

लकडाउन प्रभावकारी बनाउन वृत्तबाट १०६ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस फैलिन नदिन सरकारले सीमा बन्द र लकडाउन गरे पनि विदेशी पर्यटक घर फर्किन सकेका छैनन् ।

धेरै पर्यटक अन्नपूर्ण पदमार्गलगायत स्थानमा अलपत्र परेपछि सरकाले बिहीबार र शुक्रबार उद्धार गरेको थियो । आज (शनिबार) पनि यो क्रम जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०८ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने