कोभिड –१९ : सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण « Khabarhub

कोभिड –१९ : सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले राजविराजस्थित विभिन्न किराना, तरकारी र ग्यास बिक्रेता पसलमा अनुगमन गरी व्यवसायिलाई पहिलो पटकको लागि सचेत गराएको हो ।

अनुगमनका क्रममा केही किराना पसलले समान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको, कतिपयले मूल्य बढाएर बिक्री गरिरहेको, अधिकांश तरकारी पसलले बढी मुल्यमा बेचिरहेको पाइएकोले सबैलाई पहिलो पटकका लागि सचेत गराएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

यस्तै राजविराजस्थित कोशी, मनोज, प्रिमा ग्यास लगायतको ग्यासका बिक्रेताको गोदाममा अनुगमन गरी सहज तरिकाले सुपथ मूल्यमा ग्यास बिक्री बितरण गर्न सचेत गराएको उनले बताए ।

पहिलो पटक सचेत गराएपनि अब यस्तो गल्ति गरिए कानुन बमोजिम कारवाही गरिने प्रमुख सिंहले जानकारी दिए ।

राजविराजस्थित राजरंगशालामा सामाजिक दुरी ९सोसल डिस्टेन्स० कायम गरी आज विहानबाट तरकारी बिक्रीवितरण गर्न शुरुआत गरिएको छ । जिल्ला सुरक्षा समिति र सवपक्षीय बैठकले फराकिलो ठाउँ भएकोले रंगशालामा सोसल डिस्टेन्स कायम गरि विहान ६ बजेदेखि ८ बजेसम्म तरकारी बिक्रीवितरण गर्न शुरु गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०८ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती