कोभिड –१९ : सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण « Khabarhub

कोभिड –१९ : सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले राजविराजस्थित विभिन्न किराना, तरकारी र ग्यास बिक्रेता पसलमा अनुगमन गरी व्यवसायिलाई पहिलो पटकको लागि सचेत गराएको हो ।

अनुगमनका क्रममा केही किराना पसलले समान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको, कतिपयले मूल्य बढाएर बिक्री गरिरहेको, अधिकांश तरकारी पसलले बढी मुल्यमा बेचिरहेको पाइएकोले सबैलाई पहिलो पटकका लागि सचेत गराएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

यस्तै राजविराजस्थित कोशी, मनोज, प्रिमा ग्यास लगायतको ग्यासका बिक्रेताको गोदाममा अनुगमन गरी सहज तरिकाले सुपथ मूल्यमा ग्यास बिक्री बितरण गर्न सचेत गराएको उनले बताए ।

पहिलो पटक सचेत गराएपनि अब यस्तो गल्ति गरिए कानुन बमोजिम कारवाही गरिने प्रमुख सिंहले जानकारी दिए ।

राजविराजस्थित राजरंगशालामा सामाजिक दुरी ९सोसल डिस्टेन्स० कायम गरी आज विहानबाट तरकारी बिक्रीवितरण गर्न शुरुआत गरिएको छ । जिल्ला सुरक्षा समिति र सवपक्षीय बैठकले फराकिलो ठाउँ भएकोले रंगशालामा सोसल डिस्टेन्स कायम गरि विहान ६ बजेदेखि ८ बजेसम्म तरकारी बिक्रीवितरण गर्न शुरु गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०८ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै