कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द « Khabarhub

कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशकोराजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ।

हेटौडा ४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ ।

तीमन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ । आज मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ ।

पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठअनिश्चितकालका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पत्रपत्रिका बन्द

हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् ।

लक डाउनको आज पाँचौँ दिन पनि हेटौँडाका मुख्यबजार र गल्ली सुनसान छन् ।

दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २०० बढी सवारी साधनलाई कारवाहीगरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ०७ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा