नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए « Khabarhub

नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् ।

उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पाँचौ केसको रुपमा कोरोना संक्रमण देखिएकी युवती यसअघि दोस्रो केसका रुपमा कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै कतारको दोहाबाट एउटै जहाजमा नेपाल आएकी थिइन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया कोरोना संक्रमण देखिएको हो ।

उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते काठमाडौं आइपुगेका थिए ।

नेपालमा कोराेना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : २९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको