नेपालमा कोरोना भाइरस संक्रमति पाँचै जना ३५ वर्ष उमेर मुनिका | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरस संक्रमति पाँचै जना ३५ वर्ष उमेर मुनिका


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर माहामारीकाे रुपमा देखिएको कोरोना भाइरस संक्रमितमध्ये अधिकांश बढी उमेरकाहरु रहेको तथ्यांक आइरहेका बेला नेपालमा भेटिएका पाँचै जना ३५ वर्ष भन्दा मुनिका रहेका छन् ।

आज बागलुङकी एक युवतीमा कोरोनाको पुष्टि भएसँग संक्रमितको संख्या नेपालमा पाँच पुगेको छ । जसमध्य दुई किशोरी र तीन युवक छन् । किशोरीहरु दुवैको उमेर १९ वर्ष छ । युवकहरु मध्ये पहिलो संक्रमित २६, दोस्रो संक्रमित ३२ र तेस्रो संक्रमित ३४ वर्षका छन् । सबैजना विदेशबाट फर्किएका हुन् ।

संक्रमितमध्ये पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो । उनी चीनबाट नेपाल आएका थिए । उनको उपचारपछि निको भइसकेको छ भने अन्य चार जना उपचाररत रहेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । तेस्रो वैदेशिक रोजगारीमा गएका धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष दुबईबाट ७ चैत्रमा अगाडि फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई बाट फर्किएका हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ५ : ४८ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन