नेपालमा कोरोना भाइरस संक्रमति पाँचै जना ३५ वर्ष उमेर मुनिका « Khabarhub

नेपालमा कोरोना भाइरस संक्रमति पाँचै जना ३५ वर्ष उमेर मुनिका


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर माहामारीकाे रुपमा देखिएको कोरोना भाइरस संक्रमितमध्ये अधिकांश बढी उमेरकाहरु रहेको तथ्यांक आइरहेका बेला नेपालमा भेटिएका पाँचै जना ३५ वर्ष भन्दा मुनिका रहेका छन् ।

आज बागलुङकी एक युवतीमा कोरोनाको पुष्टि भएसँग संक्रमितको संख्या नेपालमा पाँच पुगेको छ । जसमध्य दुई किशोरी र तीन युवक छन् । किशोरीहरु दुवैको उमेर १९ वर्ष छ । युवकहरु मध्ये पहिलो संक्रमित २६, दोस्रो संक्रमित ३२ र तेस्रो संक्रमित ३४ वर्षका छन् । सबैजना विदेशबाट फर्किएका हुन् ।

संक्रमितमध्ये पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो । उनी चीनबाट नेपाल आएका थिए । उनको उपचारपछि निको भइसकेको छ भने अन्य चार जना उपचाररत रहेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । तेस्रो वैदेशिक रोजगारीमा गएका धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष दुबईबाट ७ चैत्रमा अगाडि फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई बाट फर्किएका हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ५ : ४८ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय