भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन « Khabarhub

भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भीड लाग्ने गरेको छ ।

नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ः०० देखि ८ः०० र साँझ ५ः०० देखि ७ः०० बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यबस्थापन गरेको छ ।

भाइरस सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको र नगरपालिकाले एक मिटरको दुरी कायम गर्नेगरि चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले यस्तो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले भने त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कमलविनायकका बासिन्दा विकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले दर्शन गर्ने घण्टा बजाउने गरेको बताउदै सङ्क्रमित व्यक्तिले घण्टा बजाए धेरैमा सङ्क्रमण फैलिने बताए ।

कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको उनले जानकारी दिए । भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ्ग गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : १९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक