कोरोनाको संक्रमण रोक्न चीनमा नयाँ जुक्ति, विद्यालयमा एक मिटर कायम गर्न विशेष टोपी (फोटोफिचर) « Khabarhub

कोरोनाको संक्रमण रोक्न चीनमा नयाँ जुक्ति, विद्यालयमा एक मिटर कायम गर्न विशेष टोपी (फोटोफिचर)


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो ।

चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केही विद्यालयमा विद्यार्थी पुगेका छन् ।

हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको अन्तिम वर्षका विद्यार्थीहरु स्कूल आउन थालेका हुन् । बेइजिङ्गमा भने हाइस्कूलका सिनियरहरु मात्रै विद्यालय फर्किएका हुन् ।

चीनका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी शुरु भएसँगै बन्द भएका थिए र अनलाइन मार्फत नै कक्षा हुने गरेका थिए । गएको महिनादेखि मात्रै केही विद्यालयमा अध्ययन सुरु भएको थियो ।

सोमबारदेखि थप विद्यालय नियमित कक्षामा फर्किएका हुन् । तर विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय