एसियाकै ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन « Khabarhub

एसियाकै ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले एसियाकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाउन थालेको छ । मार्स मिसनका लागि निर्माण थालिएको यो टेलिस्कोप उत्तरी तियाञ्जन प्रान्तको वुक्विङ जिल्लामा काम भइरहेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो रेडियो टेलिस्कोपको डाइमिटर ७० मिटर रहेको र यसले मंगल ग्रहमा रहेका सूचना र जानकारीहरु सजिलै ग्रहण गर्न सक्ने बताइएको छ। सन् २०२० मा सार्वजनिक गर्ने तयारीमा रहेको चीनले यसको नाम तियानवेन १ राखेको छ।

यो तियानवेन- १ यस्तो रेडियो टेलिस्कोप हो जसले मंगल ग्रहको कक्ष, ल्याण्डिङ र रोभिङमा के भइरहेको छ भनेर सजिलै जानकारी दिन सकिने चीनको नेशनल एस्ट्रोनोमिकल अब्जर्भेसन अफ दि चाइनिज एकेडेमी अफ साइन्सले दाबी गरेको छ।

यसको आकार करीब ४ वटा बास्केट बलको कोर्ट बराबर रहेको छ । साथै यसले पृथ्वीबाट ४०० किलोमिटर टाढा रहेको साइन्टिफिक डाटा दिन सक्नेछ।

मार्स एक्सप्लोरेशन मिसनका कार्यकारी प्रमुख ली चुन लाइले भनेका छन्, ‘ यो रेडियो टेलिस्कोपले पृथ्वीबाट ४ सय किलोमिटर पर रहेको मंगल ग्रहमा हुने सबै साइन्टिफिक डाटाहरु प्राप्त गर्न सक्छ। यतिमात्र नभएर कमजोर सिग्नललाई बलियो समेत बनाउन मद्दत गर्दछ। ‘

यसअघि चीनले पनि लुनार प्रोब चन्द्रमामा सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ। यसले पृथ्वीमा हुने प्राकृतिक विपत्ति, विज्ञानमा प्रकाशको नयाँ खोज गर्ने बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : ४४ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा