६ दिन हिरासतमा बसेका पूर्वसचिव उपाध्यायले भने- टुटेको सम्बन्ध अब जुटेको छ « Khabarhub

६ दिन हिरासतमा बसेका पूर्वसचिव उपाध्यायले भने- टुटेको सम्बन्ध अब जुटेको छ


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय ६ दिनको हिरासत बसाईपछि सोमबार धरौटीमा छुटेका छन् ।

मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। त्यसबेला उनले सरकारलाई खबरदारीसहितको फेसबुक स्टाटस लेखेका थिए। यही प्रकरणमा पक्राउ परेका उनले सोमबाट छुटेपछि विगतमा टुटेको सम्बन्ध अब जुटेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन्, ‘सम्मानित जिल्ला अदालतले विगत ६ दिनदेखि प्रहरी हिरासत रहेको मलाई धरौटीमा रिहा गरेको छ। यहॉहरुसंग मेरो विगत ६ दिन देखि टुटेको सम्बन्ध आजबाट पुन: जुटेको छ।’

उलने भनेका छन्, ‘मेरो चिन्ता लिदै मेरो रिहाईका निम्ति आआफ्नो तर्फवाट यहॉहरूले धेरै प्रयत्न गर्दै आउनु भएको रहेछ । मैले रिहा भए पछि विस्तारै थाहा पाउदै गरेको छु। यहॉहरूको आशिर्वाद लागेको छ । पवित्र शुभेच्छामा ठूलो ताकत हुन्छ। सामूहिक भावना भनेको आध्यात्मिक उर्जा हो। विचारमा असहत हुन सकिन्छ तर लोकतान्त्रिक मूल्य मान्यतामा कोही असहमत हुने प्रश्नै रहदैन। मेरो बारेको ब्यक्तिगत चॉसो भन्दा पनि लोकतन्त्रले लिक नछोडोस् भनेर यहॉहरू सबैले आवाज उठाउनु भएकोमा म हृदयदेखि आभारी छु।’

पूर्वसचिव उपाध्यायले भनेका छन्, ‘मेरा कारणले मेरा हितैषी, नातेदार, शुभचिन्तक, मित्रहरूमा पनि निकै ठूलो कष्ठ पुग्यो नै। यस्तो अप्रिय अनुभूति कसैलाई गर्न नपरे हुन्थ्यो भने कामना रहे पनि राज्यको नागरिक भए पछि सुखमा मात्तिने र द:खमा आत्तिने गर्नै हुदैन। मप्रति कसैको गुनासो रहँदा म सुनेर आफूलाई परिस्कृत गर्न सदा तत्पर रहदै आएकै छु । सधैं आफ्ना कमी कमजोरी सच्याउदै, हिड्दै आएको पनि छु र आउने छु।’

‘सरकार सबै जनाताको अभिभावक र संरक्षक हो। आफ्नो सरकारको बेला बेलामा कान र ऑखा खोल्ने कर्तब्य सबै नागरिकको हुन्छ। पारायासंग त के को वादविवाद र गुनासो गरिन्छ र हैन?’ उनले प्रश्न सोध्दै भनेका छन्, ‘सरकार कसले चलाएको छ? कुन दलको छ? लोकतन्त्रमा खास मतलब रहन्न। जो सुकै होस् सरकार सही ढंगले चलेको छ भन्ने आग्रह जनताको हुन्छ। यदि सही ढंगमा चलेको छैन भन्ने जनतालाई लाग्छ भने कठोर तरिकाले नागरिकले सरकारको निगरानी गर्नै पर्छ, गरिरहनुपर्छ। यसबाहेक अरू जनता र सरकारबीच कुनै नाता हुदैन भन्ने मेरो अटल धारणा छ। सरकार सत प्रतिशत मेरो पनि हो, सरकार मेरो पनि संरक्षक र अभिभावक पनि हो, यसमा सरकारमा को ब्यक्ति छ , त्यो गौण हुन्छ।’

उनले भनेका छन्, ‘संवैधानिक वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै कानुनले पनि रोक लगाउन सकिदैन। लोकतन्त्रको मुटु नै यही हो। सरकार चलाउने चाहना राख्नेले यति सहन र बहन गर्न सक्दैनन् भने सरकारमा जाने चाहना नगरे हुन्छ। फलामको च्यूरा चपाएर पचाउने पाचनशक्ति नहुनेहरू सरकार चलाउन योग्य मानिदैन। जसले फलामको च्यूरा चपाएर पचाउन सक्छ ती मात्र सरकार संचालन गर्ने तिर जान सोचून्, नभए पेट पाल्ने अरू हजार उपाय छन्।’

उनले आफ्नो कसैसँग बैरभाव, रिसद्वेष नरहेको बताउँदै भने, ‘समस्यालाई ठाउँका ठाउँ समाधार गरेर, त्यसलाई बिर्सेर निरन्तर अगाडी बढ्नु नै जिवन जिउने उत्तम शैली हो। मेरो शैली यही छ। समस्यालाई म तनाव मान्दिन, समाधान मूल कुरा र ध्येय हो। म कुनै समस्या हैन, न अरू मेरा समस्या हुन् भन्ने मलाई लाग्छ।’

वर्तमान अवस्थामा अग्रजको बलिदानको रक्षाका लागि उपाध्यायले माग गरेका छन् । उनले लेखेका छन्, ‘मेरो हितचिन्ता लिने सबैप्रति मुटुदेखि आभार ब्यक्त गर्छु र सविनय धन्यवाद दिन चाहन्छु। म तुच्छ एक ब्यक्ति केही होईन, मूल कुरा ७ दशक देखि लोकतन्त्रका लडेका हाम्रा अग्रजहरूको बलिदानको रक्षा होस्। स्ववतन्त्रा फोसामा प्राप्त भएको हैन, यसको मूल्य धेरैले चुकाएका छन्। पूर्खाहरूले आजसम्म सुम्पेको प्रजातन्त्रको धरोहरमा कुनै चोट र खोट लाग्न नपाओस्। उहॉहरूप्रति हामी सदा कृतज्ञ भइरहनुपर्छं, शहिदहरू स्वर्गमा हाम्रो आजका कृयाकलाप देखेर लज्जित हुन नपाउन्। पितृहरूको हामीलाई सदा आशिर्वाद र कृपा प्राप्त भइरहोस्। सत्कर्म र सन्मार्गमा हामीलाई लागिरहने प्रेरणा प्राप्त भइरहोस्।’

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ४६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको