आजदेखि लकडाउनमा थप कडाइ गरिँदै « Khabarhub

आजदेखि लकडाउनमा थप कडाइ गरिँदै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ।

प्रहरीले अनावश्यक घर बाहिर ननिस्किन समेत आग्रह गर्दै आएको छ ।

प्रहरीले दैनिक साढे ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिने गरेको छ । अहिले उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरी कार्यारत छन्।

उनीहरुलाई चार सिफ्ट गरेर चौबिसै घण्टा ड्युटीमा खटाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।

सरकारले गत चैत ११ गतेदिख शुरु गरेको लकडाउनको समयावधि वैशाख २५ गतेसम्मका लागि लम्ब्याइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ५४ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका