आजदेखि लकडाउनमा थप कडाइ गरिँदै « Khabarhub

आजदेखि लकडाउनमा थप कडाइ गरिँदै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ।

प्रहरीले अनावश्यक घर बाहिर ननिस्किन समेत आग्रह गर्दै आएको छ ।

प्रहरीले दैनिक साढे ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिने गरेको छ । अहिले उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरी कार्यारत छन्।

उनीहरुलाई चार सिफ्ट गरेर चौबिसै घण्टा ड्युटीमा खटाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।

सरकारले गत चैत ११ गतेदिख शुरु गरेको लकडाउनको समयावधि वैशाख २५ गतेसम्मका लागि लम्ब्याइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ५४ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल