काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ७९४ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम ८७ हजार १४७ जना संक्रमित भएका छन् । रुसमा एकैदिन ४७ जनाको मृत्यु भएको छ भने अरु ६ हजार १९८ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ८७ हजार नाघेको हो ।
सङ्क्रमितमध्ये ७ हजार ३४६ जना निको भएर घर फर्किएका छन् भने ७९ हजार ७ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।
प्रतिक्रिया