नायक हमाल भन्छन् : कोरोना महामारीविरुद्ध हिम्मत नहाराैं « Khabarhub

नायक हमाल भन्छन् : कोरोना महामारीविरुद्ध हिम्मत नहाराैं


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक राजेश हमालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा सम्यमता अपनाउन आग्रह गरेका छन् ।

उनले सरकारले लागू गरेको लकडाउन हाम्रै सुरक्षाको लागि भएको भन्दै लकडाउनको पूर्ण पालना गर्न सवैमा आग्रह गरेका छन् ।

कोरोना महामारीबाट त्रसित नेपालीहरुलाई हमालले धैर्य गर्दै हिम्मत नहार्न सुझाव दिएका हुन् ।

‘यतिबेला सिंगो संसार नै  कोरोनाविरुद्ध युद्ध लडिरहेको छ, हामीले हिम्मतका साथ धैर्य गरेर यो लडाइँ लड्यौं भने पक्कै जित्नेछौं ‘ नायक हमालले भने ।

अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो लाइभमा कुरा गर्दै नायक हमालले कोरोनाविरुद्धको लडाइँमा आत्तिएर भन्दा पनि बिज्ञानलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेपालमा लकडाउन छ अनि संसारभरका धेरै नेपालीहरु घरमै छन् त्यसैले आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न धेरै नखान र जिम बन्द छ भन्दै घरमा अल्छी भएर नबस्न पनि उनले आग्रह छन् ।

उनले धेरै युवाहरुले रोजगार गुमाएको तथा मनोरन्जन क्षेत्रमा पनि असर परेकोमा चिन्ता ब्यक्त गर्दै हमालले चाँडै सुनलौ दिनमा फर्किने आशा राखेका छन् ।

उनले विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई सुरक्षित रहन समेत आग्रह गरे । उनीहरुलाई सरकारले चाँडै स्वदेश फर्काउनेमा समेत विश्वास राखेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : १० बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य