दक्षिण चीन सागरमा तनाव बढ्ने संकेत « Khabarhub

दक्षिण चीन सागरमा तनाव बढ्ने संकेत


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेका बेला चीनले विवादास्पद दक्षिण चीन सागरका विभिन्न स्थानको नामाकरण गरेको छ ।

विश्वको सबै भन्दा शक्तिशाली देश बन्ने सपना बोकेको चीनले विवादास्पद उक्त क्षेत्रका ८० स्थानको नाम परिवर्तन गरेसँगै तनाव चुलिने संकेत देखिएको छ ।

यसअघि दक्षिण चीन सागरमा लडाकू विमान पठाएको चीनले गोप्य रूपमा दक्षिण चीन सागरमा ८० स्थानको नाम परिवर्तन गरेको दावीसहितका विवरणहरु बाहिरिएका छन् ।

पुन: नामकरण गरिएका स्थानहरूमध्ये २५ वटा टापु र चट्टानहरू छन् भने बाँकी ५५ वटा समुद्री भूगोल संरचना हुन् ।

चीनले गत हप्ता आफ्नो युद्धपोत र लडाकू जेटहरू समुद्री क्षेत्रमा पठाएको ताइवानले आरोप लगाउँदै आएको छ । जापानले ताइवानको उक्त आरोपमा सत्यता भएको जनाएको थियो ।

चीनले भने उक्त आरोपहरुको खण्डन गर्दै आएको छ । उसले ती क्रियाकलापहरु नियमित सैन्य अभ्यास अन्तरगत भएको बताउँदै आएको छ ।

दक्षिण चीन सागरका विभिन्न स्थानलाई चीनले नामाकरण गरेसँगै ती क्षेत्र उसले जबरजस्ती कब्जा गर्न सक्ने मनसायले अभिप्रेरित भएको आरोप लगाइएको छ ।

ताइवान र जापानसँग यसअघिदेखि नै कटुतापूर्ण सम्बन्ध रहेको चीनको उक्त कदमसँगै दक्षिण चीन क्षेत्रमा तनाव बढ्न सक्ने विश्लेषण हुन थालेका छन् ।

चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीकार गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ३२ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ