नेकपाको सचिवालय बैठक अन्योलमा, नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा « Khabarhub

नेकपाको सचिवालय बैठक अन्योलमा, नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश फिर्ता लिइसक्दा समेत विवाद साम्य हुन नसकेपछि आज बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्योलमा परेको छ ।

अझै पनि नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा केन्द्रित हुँदा बैठकबारे अन्योल छाएको हो ।

पार्टी महासचिव विष्णु पौडेलका अनुसार बैठक बस्ने नै भए पनि समय तय भइसकेको छैन । ‘नेताहरु छलफलमै हुनुहुन्छ, बैठक आज नबस्न पनि सक्छ,’ पौडेलले खबरहबसँग भने ।

अघिल्लो सोमबार पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बढेको विवाद ती अध्यादेश फिर्ता भएसँगै मत्थर हुने ठानिएकोमा त्यस्तो नभएपछि ओली अप्ठेरोमा पर्दै आएका छन् ।

अध्यादेश ल्याउने र फिर्ता लिने ओलीको कदमलगत्तै उनीइतर शीर्ष नेताहरुले उनलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारी गरेको सुइको पाएपछि ओलीले संकट समाधानका लागि सक्रियता बढाएका छन् ।

उक्त प्रकरणपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पटक/पटक संवाद गरेका ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायतसँग पनि भेटवार्ता गरेका छन् ।

ओलीले आज पनि प्रचण्डसँग एक्लै छलफल गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ ।

ओलीसँग भेटअघि प्रचण्डले पनि माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग टेलिफोन संवाद गरेको बुझिएको छ ।

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते  गरेको सिफारिसलाई चुनौती दिएका ओलीप्रति त्यसयता अर्को पक्ष रुष्ट छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टीले गरेको सिफारिसलाई बेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड – माधव नेपाल समूहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजीनामा दिन समेत सुझाएको बताइन्छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओली अप्ठेरो पर्दै गएपछि यतिबेला लगातार आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

ओली, माधव नेपाल र प्रचण्ड पक्षधरबीच दुई दिन यता पटक/पटक छलफल भएका छन् । यहीबीचमा तीन वटै गुटका आन्तरिक छलफल पनि भएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको भूमिका शंकास्पद रहेको र विश्वासयोग्य नभएको भन्दै उनलाई के गर्ने भन्नेबारे सचिवालयले छिनोफानो गर्नुपर्ने निष्कर्षमा ओलीइतर समूह पुगेको छ ।

बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर  पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे निर्क्यौल हुने एक नेताले जानकारी दिए ।

पार्टीभित्र अन्तिम समयसम्म सहमतिको प्रयत्न गर्ने कसरतमा रहेका ओलीले कानूनी र अन्य विकल्प के हुन सक्छन् भनेर विज्ञहरुसँग पनि निरन्तर परामर्शमा रहेको उनी निकट स्रोतले जनाएको छ ।

पार्टी विवाद उग्र हुँदै गएका बेला उनले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : २२ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका